दफा १६
सुविधाको प्रारम्भ
(१) यस ऐन बमोजिम पाउने सुविधाहरू मन्त्रीहरूले मन्त्री पदको शपथ ग्रहण गरेको मितिदेखि पाउनेछन् ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्री पदको शपथ ग्रहणको निमित्त काठमाडौं उपत्यका बाहिरबाट काठमाडौंसम्म आउँदा लाग्ने दैनिक तथा भ्रमण भत्ताको रकम समेत मन्त्रीहरूले लिन सक्नेछन् ।